साइडबार
ऋग्वेद - मण्डल 1/ सूक्त 114/ मन्त्र 2
मृ॒ळा नो॑ रुद्रो॒त नो॒ मय॑स्कृधि क्ष॒यद्वी॑राय॒ नम॑सा विधेम ते। यच्छं च॒ योश्च॒ मनु॑राये॒जे पि॒ता तद॑श्याम॒ तव॑ रुद्र॒ प्रणी॑तिषु ॥
स्वर सहित पद पाठमृ॒ळ । नः॒ । रु॒द्र॒ । उ॒त । नः॒ । मयः॑ । कृ॒धि॒ । क्ष॒यत्ऽवी॑राय । नम॑सा । वि॒धे॒म॒ । ते॒ । यत् । शम् । च॒ । योः । च॒ । मनुः॑ । आ॒ऽये॒जे । पि॒ता । तत् । अ॒श्या॒म॒ । तव॑ । रु॒द्र॒ । प्रऽनी॑तिषु ॥
स्वर रहित मन्त्र
मृळा नो रुद्रोत नो मयस्कृधि क्षयद्वीराय नमसा विधेम ते। यच्छं च योश्च मनुरायेजे पिता तदश्याम तव रुद्र प्रणीतिषु ॥
स्वर रहित पद पाठमृळ। नः। रुद्र। उत। नः। मयः। कृधि। क्षयत्ऽवीराय। नमसा। विधेम। ते। यत्। शम्। च। योः। च। मनुः। आऽयेजे। पिता। तत्। अश्याम। तव। रुद्र। प्रऽनीतिषु ॥ १.११४.२
ऋग्वेद - मण्डल » 1; सूक्त » 114; मन्त्र » 2
अष्टक » 1; अध्याय » 8; वर्ग » 5; मन्त्र » 2
अष्टक » 1; अध्याय » 8; वर्ग » 5; मन्त्र » 2
विषय - प्रार्थनाविषयः
व्याखान -
हे रुद्र दुष्टजन हरु लाई रुवाउने रुद्रेश्वर ! नः= हामीलाई मृळ = सुखी गर्नुहोस् उत= तथा मयः, कृधि = हाम्रा निमित्त मय अर्थात् सुख को सम्पादन गर्नु होस् । क्षयद्वीराय, नमसा, विधेम, ते= वैरी हरु का वीर हरु लाई क्षय गर्नुहुने तपाईंको नमस्कारादि ले अत्यन्तै परिचर्या गर्ने हाम्रो यथावत् संरक्षण गर्नुहोस् । यच्छम्= हे रुद्र ! तपाईं हाम्रा पिता अर्थात् जनक र पालक हुनुहुन्छ, हाम्रा सम्पूर्ण जनता लाई सुखी गर्नुहोस्, योश्च= र जनता को रोग हरु को पनि नाश गर्नुहोस् । जस्तै मनुः पिता = मान्यतादिने पिता ले आयेजे = स्व प्रजा लाई राम्रो संगति र अनेक विध स्नेह गर्दछ, तेसै गरी तपाईंले हामी सबैको पालन गर्नु होस् । हे रुद्र= भगवन् ! तव, प्रणीतिषु = हजुरका आज्ञा को ‘प्रणय' अर्थात् उत्तम न्याय युक्त नीति हरु मा प्रवृत्त भएर हामी तदश्याम= तपाईंका अनुग्रह ले वीर हरु को चक्रवर्ती राज्य प्राप्त गरौं ॥४५॥
इस भाष्य को एडिट करें