Loading...
यजुर्वेद अध्याय - 31

मन्त्र चुनें

  • यजुर्वेद का मुख्य पृष्ठ
  • यजुर्वेद - अध्याय 31/ मन्त्र 18
    ऋषिः - उत्तरनारायण ऋषिः देवता - आदित्यो देवता छन्दः - निचृत्त्रिष्टुप् स्वरः - धैवतः
    1

    वेदा॒हमे॒तं पुरु॑षं म॒हान्त॑मादि॒त्यव॑र्णं॒ तम॑सः प॒रस्ता॑त्।तमे॒व वि॑दि॒त्वाति॑ मृ॒त्युमे॑ति॒ नान्यः पन्था॑ विद्य॒तेऽय॑नाय॥१८॥

    स्वर सहित पद पाठ

    वेद॑। अ॒हम्। ए॒तम्। पुरु॑षम्। म॒हान्त॑म्। आ॒दि॒त्यव॑र्ण॒मित्या॑दि॒त्यऽव॑र्णम्। तम॑सः। प॒रस्ता॑त् ॥ तम्। ए॒व। वि॒दि॒त्वा। अति॑। मृ॒त्युम्। ए॒ति॒। न। अ॒न्यः। पन्थाः॑। वि॒द्य॒ते॒। अय॑नाय ॥१८ ॥


    स्वर रहित मन्त्र

    वेदाहमेतम्पुरुषम्महान्तमादित्यवर्णन्तमसः परस्तात् । तमेव विदित्वाति मृत्युमेति नान्यः पन्था विद्यतेयनाय ॥


    स्वर रहित पद पाठ

    वेद। अहम्। एतम्। पुरुषम्। महान्तम्। आदित्यवर्णमित्यादित्यऽवर्णम्। तमसः। परस्तात्॥ तम्। एव। विदित्वा। अति। मृत्युम्। एति। न। अन्यः। पन्थाः। विद्यते। अयनाय॥१८॥

    यजुर्वेद - अध्याय » 31; मन्त्र » 18
    Acknowledgment

    व्याखान -

    सहस्रषशीर्षादि विशेषणोक्त पुरुष सर्वत्र परिपूर्ण छ । [पूर्णत्वात्परिशयनाद्वा पुरुष इति निरुक्तोक्तेः] वेदाहमेतं पुरुषम्:- तेस पुरुष लाई मँ जान्द छु, अर्थात् सबै मानिस हरु लाई उचित छ कि तेस परमात्मा लाई अवश्य जानून्, उसलाई कहिल्यै न विर्सिऊन्, अन्य कसैलाई ईश्वर न मानून् । ऊ कस्तो छ भने महान्तम्:= ठूला भन्दा पनि ठूलो, ऊ भन्दा ठूलो वा ऊ समान कोही पनि छैन । आदित्य वर्णमः = आदित्य को रचनाकार र प्रकाशक उहि एक परमात्मा हो तथा त्यो सदा प्रकाशस्वरूप नै हो, किंच तमसः परस्तात्= 'तम' जुन अन्धकार र अविद्यादोष छ तेसबाट रहित नै छ, तथा स्वभक्त, धर्मात्मा र सत्यप्रेमी हरु लाई पनि सद्यः अविद्यादि दोष रहित गर्ने उही परमात्मा हो । विद्वान् हरु को एस्तो निश्चय छ कि परब्रह्म को ज्ञान र उसको कृपा बिना कुनै - जीव कहिल्यै सुखी हुन सक्तैन । तमेवविदित्वेत्यादि = तेस परमात्मा लाई जानेर नै जीव ले मृत्यु लाई उल्लंघन वा पार गर्न सक्त छ, अन्यथा सक्तैन । किन भने नाऽन्यः पन्था, विद्यतेयनाय = परमेश्वर को भक्ति र उसको ज्ञानविना मुक्ति को अर्को कुनै बाटो छैन, यस्तो परमेश्वर को दृढ आज्ञा छ । सबै मानिस हरु ले एसैमा प्रतिबद्ध हुनु पर्द छ र सबै प्रकार का पाखण्ड एवं जन्जाल हरु लाई अवश्य छोडिदिनु पर्द छ ।
     

    इस भाष्य को एडिट करें
    Top